ईङ्लिस प्रिमियर लिग फुटबल: वेस्ट ह्यामसँग टोटेनहम स्तब्ध

एजेन्सी: ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपर पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसंग १–० गोल अन्तरको हार ब्यहोरेको हो । खेलको ६७ औ मिनेटमा एन्टोनियोले गरेको गोल टोटेनहमलाई पराजित गर्न पर्याप्त रह्यो । अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको टोटेनहमलाई पछिल्लो नतिजाले थप दबाब दिएको छ । तेस्रो स्थानको टोटेनहमको ३६ खेलबाट ७० अंक छ । वेस्ट ह्याम ४६ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार २०:२८