क्यानडाबाट रश्मीको ‘आमा’ सार्वजनिक (भिडियो )

काठमाडौं – क्यानडाबाट रश्मी काली थापाको गीत ‘आमा’ सार्वजनिक भएको छ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको हो ।

गीतमा रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत छ । गीतकारका रुपमा रश्मीको यो पहिलो गीत हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 


प्रकाशित | २६ श्रावण २०७८, मंगलवार १९:५९