मनमोहनले थालेका अधुरा काम पूरा गर्ने प्रधानमन्त्री ओलीको घोषणा

ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले थालेका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीले थालेका अधुरा कामहरू वर्तमान सरकारले पुरा गर्छ।  उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा गर्‍यौं।’


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १३:२७