गण्डकी प्रदेश सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सो बजेट सार्वजनिक गर्नु भएको हो ।

प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश प्रमुख पोखरेलले बजेटमा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड प्राप्त भएको बताउनु भयो । साथै सशर्त अनुदान ४ अर्व १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । जसमा प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने उल्लेख छ ।

यस वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार १८:४०