एनआरएनए डेनमार्कको सदस्य किन बन्ने ?

रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क

सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । एनआरएनए हालसम्म विश्वभरका ८५ वटा देशमा पुगिसेकेको छ । डेनमार्कको कुरा गर्दा यहाँ शुरुवाती दिनहरुमा खासै नेपाली नभएको र सन् २००६ यता धेरै विद्यार्थी भिसामै आएको पाइन्छ । यद्यपी डेनमार्कमा सन् २००९ मा संस्था स्थापना भयो । सोम सापकोटा पोर्चुगलबाट आएर संस्था चाहिन्छ भनेर यहाँ संस्था स्थापना गर्नु भयो र संस्थाको संस्थापक अध्यक्ष बन्नु भयो । त्यसपछि डेनमार्कमा गैर आवासीय नेपालीहरु संगठीत र एकजुट बन्दै जान थाले । साथै यहाँ आउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । त्यसपछि २०११ देखि २०१३ मा मोहनराज मिश्रले नेतृत्व गर्नु भयो । त्यसपछि २०१३ देखि २०१५ मा दीपक सापकोटा, २०१५ देखि २०१७ मा दिपेन्द्र चुडाला र २०१७ देखि २०१९ सम्म यमलाल सुवेदीले नेतृत्व गर्नु भयो । सन् २०१९ देखि संघको नेतृत्व म आफैले गरिरहेको छु ।

अब एनएनएनकोे सदस्य किन बन्ने त ?

गैर आवासीय नेपाली संघ एउटा नेटवर्क हो । विश्वभरि बस्ने गैर आवासीय नेपालीहरुको आस्था र विचारको साझा मञ्च हो । विशुद्ध सामाजिक, गैर राजनीतिक तथा गैर नाफामूलक संस्था हो । समग्रमा नेपालीका लागि नेपालीकै साझा संस्था हो एनआरएन । विदेशमा बसेका गैर आवासीय नेपालीहरुको आवाज उठाउन सकिने राम्रो माध्यम पनि हो । यसलाई नेपाल सरकारले वैधानिकता दिइसकेको छ । यसमा बस्दा धेरै अवसर पनि छन र चुनौतीहरु पनि छन् । संस्थामा बसेर काम गर्दा नयाँ नयाँ मुद्धाहरुसँग नजिक भएर काम गर्न पाइन्छ । यो एउटा गैर आवासीय नेपालीहरुको छाता संस्था पनि हो । यसभित्र बसेर सदस्यता लिर्दै गर्दा त्यो आवाज उठाउन सहयोग पुग्ने र बुलन्द हुने हो । आफ्नो अधिकारका लागि त्यसमा बोल्न पाइने हो । विदेशमा जति बसे पनि यो मन त नेपाली हो भने जस्तै मातृभूमीका लागि काम गर्ने र जोडिने अर्को माध्यम हो । साथै ब्रेन ग्रेनको रुपमा काम गर्ने अवसर पनि हो ।

डेनमार्कमा नेपालीहरुको धेरै पुरानो समुदाय होइन । यद्यपी डेनमार्क विकसीत देश भएकाले यहाँ बसेर काम गर्दै गर्दा र यहाँ स्थापीत भएर बसिरहँदा आफ्नो मातृभूमीलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्ने सवाल पनि छ । किनकी नेपाल त विकसित मुलुक होइन । विदेशमै बसेर पनि नेपालमा केहि गरौ भन्दा एनआरएन नेटवर्क बन्न सक्छ । सदस्यता लिइसकेपछि विभिन्न टास्क फोर्समा बसेर काम गर्ने अवसर मिल्न सक्छ । जस्तो स्वास्थ्य समितिमा जसरी अमेरिकाबाट डा। सञ्जीव सापकोटाले नेतृत्व गरेर यो महामारीमा नेपाल र नेपालीको लागि ठूलो योगदान पुर्याउनु भएको छ, त्यस्तैगरि हामीले पनि हाम्रो दक्षता र सिपलाई उपयोग गरेर आफ्नो मातृभूमीमा सकेको योगदान गर्न सक्छौ । जस्तो विज्ञ सम्मेलनमा डेनमार्कबाट धेरै बौद्धिक ब्यक्तीत्वहरुले काम गर्ने अवसर पाउनु भयो । हामीले आफूले जानेको, बुझेको कुरा मातृभूमीमा लैजान सक्यौ र कार्यान्बयन गर्न सक्यौ भने भोलीका दिनमा हाम्रो दोस्रो पुस्ताले पनि हामीलाई सम्झनेछ । हामीले जहिले पनि बाहिर बसेर विरोध गर्ने र यसले गर्न सक्छ यसले गर्न सक्दैन, यो भयो त्यो भएन भन्नु भन्दा संस्थामा आबद्ध भएर ठूलो काम गर्न सक्छौ जस्तो लाग्छ ।

मैले नेतृत्वमा बसेर काम गर्दै गर्दा संस्थाभित्र धेरै सम्भावनाहरु देखेको छु । जस्तो डेनमार्कमा धेरै बौद्धिक ब्यक्तीत्वहरु हुनुहुन्छ । उहाँहरुले कोरोना समयमा पनि धेरै राम्रा कामहरु गर्नु भयो । उहाँहरुको सहयोगको कारण पनि हामीले डेनिस सरकारसँग मिलेर काम गरिरहेका छौ । यसरी नै हामी एनआरएन अभियानमा जोडियौ भने भोलीका दिनमा नेपाल र नेपालीका लागि धेरै काम गर्न सकिन्छ ।

मैले नेतृत्वमा बसेर काम गर्दै गर्दा संस्थाभित्र धेरै सम्भावनाहरु देखेको छु । जस्तो डेनमार्कमा धेरै बौद्धिक ब्यक्तीत्वहरु हुनुहुन्छ । उहाँहरुले कोरोना समयमा पनि धेरै राम्रा कामहरु गर्नु भयो । उहाँहरुको सहयोगको कारण पनि हामीले डेनिस सरकारसँग मिलेर काम गरिरहेका छौ । यसरी नै हामी एनआरएन अभियानमा जोडियौ भने भोलीका दिनमा नेपाल र नेपालीका लागि धेरै काम गर्न सकिन्छ । हामी यो अभियानमा जोडियौ भने भोली आउने नयाँ कार्यसमितिले विभिन्न आइसिसीका विभिन्न ट्राक्स फोर्समा बसेर काम गर्ने अवसर दिलाउन सक्छ । नेपालको कला संस्कृति जर्गेना गर्न, नेपालमा लगानी गर्न, दोहोरो नागरिकताको विषयमा आवाज उठाउन सक्ने राम्रो माध्यम बन्न सक्छ । अझ हामीले नोर्डिक क्षेत्रभित्र पर्ने देशहरुसँग मिलेर धेरै काम गर्न सक्छौ । विभिन्न खालका सशक्तीकरणको विषयमा पनि आवाज उठाउन सक्छौ ।

डेनमार्कको कुरा गर्दा यहाँ विद्यार्थी भिसामा आउने रिसर्चर र ग्रिन कार्ड भिसामा आउने नेपाली छौ । हामीले यहाँ बसेर सिकेको राम्रा कुरालाई आफ्नो मुलुकमा हस्तान्तरण गर्न सक्छौ । संस्थाभित्र बसेर हामीले यूरोपमा विशेष गरि पर्यटन क्षेत्रमा पनि सहयोग गर्न सक्छौ । आइसिसीले विभिन्न क्षेत्रमा डिस्काउन्ट प्याकेज ल्याएको छ । नेपाल जाँदा पाउने छुटहहरु धेरै छन् । हामीले सदस्य बन्दै गर्दा धेरै सुविधा पनि पाउँदै छौ भन्ने कुरा बिर्सन हुन्न । सबै कुरा त नमिल्ला तर डेनमार्कमा उठेका स्थानीय विषयलाई सम्बोधन गर्न सक्छौ । जस्तो खेलकुदको कुरा छ । यस्तै माध्यमबाट यो अभियानमा दोस्रो पुस्तालाई जोडन् सक्छौ । यी र यस्ता कुरालाई बढी फोकस गरेर सदस्यता लिदा राम्रो हुन्छ । हाम्रो आवाज पनि अरुको आवाजसँग मिसिने हो, मिसिर्दै गर्दा ठूलो आवाजले गैर आवासीय नेपालीहरुको आर्थिक, नैतिक र सामाजीक समर्थन जुटाउन सहयोग मिल्ने हो जसले गर्दा सम्बन्धीत निकायले पनि हाम्रो मागलाई सम्बोधन गर्ने हो । त्यसकारण एनआरएन जस्तो प्रवित्र संस्थामा जोडिन र अभियानमा आबद्ध हुन ढिलाई गर्नु हुन्न ।

अब ढिलो चाँडो गैर आवासीय नेपाली नागरिकता हामीले पाउँने निश्चित छ । अब यो अधिकारलाई कसैले खोसेर खोस्न सक्ने अवस्था छैन । नेपाल सरकारले समेत बजेट भाषणमै गैर आवासीय नेपालीको लागि एनआरएन स्मार्ट कार्ड दिने घोषणा गरिसकेको छ । यो सबै उपलब्धी गैर आवासीय नेपाली संघको लविङ र सघर्षकै कारण भएको हो ।

व्यक्तिगत हिसावले भन्दा संस्थाबाट प्रत्येक व्यक्तिलाई लाभ हानि भन्ने त नहोला । । तर एउटा सत्य के हो भने हामीले चाहेर वा नचाहेर परदेशी भई सकेका छौ । हामी र हाम्रो परिवार विदेशमा भए पनि हाम्रो नाता गोता, श्री सम्पत्ति, जाय जेथा सबै नेपालमा नै छ । गैर आवासीय नेपाली संघको चर्को आवाजकै कारण आज संविधानमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था उल्लेख गराउन सफल भएका छौ । संविधानमा गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था हुनु हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धी हो । संविधानमै गैर आवासीय नेपाली नागरिकताको विषय उल्लेख भएकाले ऐन बन्ने चरणमा छ । अब ढिलो चाँडो गैर आवासीय नेपाली नागरिकता हामीले पाउँने निश्चित छ । अब यो अधिकारलाई कसैले खोसेर खोस्न सक्ने अवस्था छैन । नेपाल सरकारले समेत बजेट भाषणमै गैर आवासीय नेपालीको लागि एनआरएन स्मार्ट कार्ड दिने घोषणा गरिसकेको छ । यो सबै उपलब्धी गैर आवासीय नेपाली संघको लविङ र सघर्षकै कारण भएको हो । कल्पना गरौँ कि हामी सँग गैर आवासीय नेपाली संघ थिएन भने हामी एक्लै लडेको भरमा संविधानमा नागरिकताको व्यवस्था सम्भव थिएन । यी सबै तथ्यले गैर आवासीय नेपाली संघको महत्व धेरै नै छ भन्ने बुझिन्छ । त्यसकारण गैर आवासीय नेपाली संघको पवित्र संस्थाभित्र आबद्ध भएर एनआरएन अभियानमा जोडिन ढिलाइ नगरौ । संस्थालाई बलियो र मजबुत बनाउन सबै लागिपरौ र एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालाई आत्मसाथ गर्दै सदस्य बनौ र अरुलाई पनि सदस्य बनाउन पहल गरौ । धन्यवाद ।


प्रकाशित | १ असार २०७८, मंगलवार १४:१९