बेलायतका लागि नेपाली राजदूत रेग्मी आयरल्याण्ड र माल्टाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा पनि नियुक्त गर्नु भएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।

रेग्मीले गत मार्च १ तारिखबाट बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यभार सम्हालु भएको थियो । नेपाल सरकारको मुख्य सचिवबाट राजीनामा गरेपछि रेग्मीलाई बेलायतको राजदूतमा सिफारिश गरिएको थियो ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार १०:१०