सूयविनायकमा द्रुत गतिमा ५० शय्याको अस्पताल निर्माण गर्दैछौ: मेयर बासुदेव थापा (अन्तर्वार्ता)

कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहका सरकारहरु आ–आफ्नो हिसाबले लागि परिरहेका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहहरु बलबुतोले भ्याएसम्म कोरोना नियन्त्रण र जनता बचाउन केन्द्रित छन् । यो कठिन परिस्थतीमा भक्तपुरको सूर्यविनायक नगरपालिकाले के–कस्तो कामहरु गरिरहेको छ त ? प्रस्तुत छ, नगरपालिकाका मेयर बासुदेव थापासंग गरिएको कुराकानीको सम्पादित अंश:-

कोरोना नियन्त्रणका लागि सुर्यविनायक नगरपालिकाले के–के कामहरु गरिरहेको छ ?

कोरोना नियन्त्रणका लागि हामीले विभिन्न कामहरु गरिरहेका छौं । पीसीआर टेस्ट गराउने काम भइरहेको छ । सूर्यविनायक हस्पिटलमा १० वटा भेन्टिलेटर सहित २५ वटा बेड निर्माणधीन अवस्थामा रहेको छ । हस्पिटल निर्माण भएपछि नगरबासीलाई सेवामा थप सुविधा हुनेछ । नगरपालिका हस्पिटल निर्माणमा नै बढी केन्दि«त रहेको छ । अन्य विकास निर्माणको काममा त हामी एक चरण फड्को मारीसकेका छौं । नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा नगरपालीकामा हस्पिटल नभएकोले हामीले हस्पिटल बनाईरहेका छौं । हस्पिटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

अस्पताल निर्माणको काम कहाँ पुग्यो र कहिलेदेखि सञ्चालनमा आउँछ ?

टेन्डर आह्वान भएर स्वास्थ्य सामाग्री खरिदको लागि अगाडि बढिसकेका छौ । हामी द्रुत गतिमा अस्पतालन सञ्चालनमा ल्याउनेछौ । यतिखेर हामी सबैको ध्यान अक्सिजन प्लान्टसहित ५० शयाको नगर अस्पताल निर्माण गर्न मै केन्द्रित छ ।  दस शप्याको आईसीयू, १५ शप्याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शप्याको भेन्टिलेटर र २३ शप्याको जनरल वार्ड सञ्चालनमा ल्याउन लागिरहेका छौ । नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा निर्माणाधीन नगर अस्पतालमा कोरोनालगायत अन्य बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन प्लान्टसहितको अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले तीव्रता दिएको छ । सूर्यविनायक नगरपालिकाले अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेका छौ ।

अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेका छौ ।

हाल नगरपालिकामा कोरोना संक्रमितको संख्या कत्तिको बढेको छ ?

नगरपालिकामा १० देखी १२ जनाको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् । अन्य होम आइसोलेसनमा हुनुहुन्छ । ५०, ६० को हाराहारीमा हस्पिटलतिर पनि हुनुहुन्छ । त्यती धेरै पनि हैन र त्यती थोरै पनि हैन, कोरोना संक्रमितको दर मध्यम हिसाबमा अघि बढिरहेको छ ।

आइसोलेसन व्यवस्थापनमा सहज÷ असहज कस्तो अवस्था छ ?

आइसोलेसन तथा भेन्टिलेटर व्यवस्थापनमा धेरै कर्मचारी लागि परिरहेका छन् । चिकित्सक तथा विज्ञहरुसंग निरन्तर रुपमा छलफल भइरहेको छ । यसको लागि म निरन्तर रुपमा खटिरहेको छु । अस्पतालकै अभाव भएकाले र जनसंख्या पनि बढी भएकाले हामी २५ सय्याको अस्पतालबाट, ५० हुदैं १०० पुर्याउन तल्लिन छौं ।

कोरोना नियन्त्रणमा केन्द्र  र प्रदेश सरकारबाट के–कस्तो अपेक्षा गर्नु भएको छ ?

हामीले अस्ति भर्खर स्वास्थ्य मन्त्री, अर्थ मन्त्रीलाई भेटेर आयौं । त्यहाँबाट पनि केही आश्वासनहरु आइरहेका छन् । उहाँहरुले मन्त्रालयबाट हामी केही गर्छौ भन्नु भएको हुनाले हामीले आइसोलेसनका लागि केही पैसा पनि मागेका छौ । नगरपालिकाको तर्फबाट हामीले गरिरहेकै छौ । अन्य निकायसंग पनि कुराकानी भइरहेको छ ।

निशेधाज्ञा जारी छ, नगरबासीलाई के अपिल गर्न चाहानु हुन्छ ?

सम्पूर्ण नगरबासी दाजुभाई दिदी बहिनीहरुलाई म के अनुरोध गर्न चाहान्छु भने सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरौं । माक्स लगाऔं, सेनिटाइजर प्रयोग गरौं, अति आवश्यक भन्दा बाहिर ननिस्कऔं, कोभिड महामारीलाई परास्त गर्न हामी एकजुट बनौं । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने हो र भिडभाड, सभा सम्मेलन नगर्ने हो भने हामी कोरोनालाई चाडैं नै हराउन सफल बन्छौं ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार ०९:४८