जनताको हक र अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको प्रचण्डको भनाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको हक र अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको बताउनु भएको छ ।

मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्नु भएको हो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै मौलिक पहिचान रहेको बताउनु भयो ।

मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको उहाँको भनाइ छ


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार ०९:५८