कर्साङ र जितुको ‘कान्छिला जवानी’ गीत बजारमा (भिडियो)

काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव
संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने
जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन ।

No description available.

भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको रुपमा अभिनय रहेको छ ।


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार १०:०३