खनाल- नेपाल समूहद्धारा समानान्तर कमिटी गठन, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षीय नेताहरुलाई हटाएपछि खनाल -नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

सो समूहले प्रदेश संयोजक र विभागको जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को संयोजनको जिम्मेवारी भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।


प्रकाशित | २९ फाल्गुन २०७७, शनिबार १४:१८