भारतीय टिभी ‘जी न्यूज’ मा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता (भिडियोसहित)

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिनुभएको छ । ‘जी न्यूज’का पत्रकार सुधिर चौधरीले अन्तर्वार्ता लिनुभएको हो ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’लगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । ‘जी न्यूज’ले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो ।

प्रधानमन्त्री ओलीको सो अन्तर्वार्ताको सबै क्षेत्रबाट प्रशंसा भएको छ । उहाँले राष्ट्रियताको सवालमा कडा रुपमा उभिएर अन्तर्वार्ता दिनुभएको छ ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार ११:११