एनआरएन हङकङ अध्यक्ष गुरुङलाई पितृशोक

पोखरा : गैर आवासीय नेपाली संघ हङकङ अध्यक्ष टीका गुरुङ तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङका पिता रामफल गुरुङको ८२ वर्षको उमेरमा हिजो साझ निधन भएको छ ।

केही दिनदेखि काठमाडौंमा उपचाररत बुबा रामफलको चिकित्सकको सल्लाह अनुसार घर लगेसँगै बिहिवार साँझ पोखरामा निधन भएको हो । स्वर्गरोहण बुवाको शुक्रबार बौद्व परम्परा अनुसार पोखरामा नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

छोरी गैर गैरआवासीय संघ हङकङको अध्यक्ष टीका गुरुङ, छोराहरु गोरख ट्राभल्स युकेको निर्देशक दिल रास गुरुङ, नेपाल बैदेशिक रोजगार संघका निबर्तमान अध्यक्ष रोहन गुरुङ, छोरी मिस नेपाल युके सस्करणको प्रबन्ध निर्देशक शान्ति गुरुङ तथा श्रीमती प्रसिद्व समाजसेवी नन्दकुमारी गुरुङको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस विश्व सन्देश खवर डट कम परिवार हार्दिक समाबेदना प्रकट गर्दछौं ।


प्रकाशित | ३ माघ २०७६, शुक्रबार ०९:१०