चिसो अझै बढ्छः मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ । मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात तथा पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ भने प्रदेश नं १ र २ मा आंशिक मात्र बदली छ ।


प्रकाशित | १९ पुष २०७७, आईतवार ०८:१६