मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव यही डिसेम्बर २७ तारिख आइतबार दिन मनाउने भएको छ । एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले ८८४८ नेपाली रेष्टुरेन्टमा मनाउन लागिएको वार्षिक उत्सवमा सहभागिताको लागि मकाउबासी नेपालीलाई आह्रवान गर्नुभएको छ ।

सो अवसरमा नेपाली समुदायका लागि सहयोग गर्नु हुने सहयोगीदाताहरुलाई विशेष सम्मान गरिने पनि अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै, सम्पूर्ण सदस्यहरु, अग्रज महानुभाव, सहयोगी महानुभावहरु, शुभचिन्तक, संस्थालाई माया गर्नु हुने नेपाली समुदायका तमाम् दाजुभाई दिदिबहिनीहरुमा संस्थाको फेसबुक मार्फत गरिमामय उपस्थितिका लागि विशेष निमन्त्रणा समेत गरेको छ।
प्रकाशित | ९ पुष २०७७, बिहीबार ११:२२