नेपालमा २ हजार १०३ जना कोरोना संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८०५ जनाको पिसिआर परीक्षण भएको छ।


प्रकाशित | ४ मंसिर २०७७, बिहीबार १७:३२