कुँवर नेतृत्वको एनआरएनएद्धारा ‘हजार डलर खाता खोलौं, मातृभूमि प्रतिको कर्तब्य निभाऔ’ आभियान संचालन

काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले हजार डलर खाता खोलौं, मातृभूमि प्रतिको कर्तब्य निभाऔं भन्ने अभियान सुरु गरेको छ।

एक विज्ञप्ति जारी गदै अभियानमा नेपाल सरकारका सम्बन्धीत निकायको समेत सहयोग, समन्वय र अभिभावकत्व रहने बताइएको छ । अभियानलाई नेपालका ३ वटा मुख्य बैंकहरुसंग साझेदारीमा सहजीकरण गर्दै हजार डलर खाता खोलौं, मातृभूमि प्रतिको कर्तब्य निभाऔं भन्ने अभियान सुरु गरिएको जारी विज्ञिप्तमा उल्लेख छ।

संघ र प्रमुख बैंकहरुसँग गरिएको साझेदारी संझौता अनुरुप यो अभियान सुरु गरिएको संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो । यो सम्झौताले मातृभूमिको लागि ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकहरुसँग सो अभियान सुरु गरिएको जनाइएको छ । यसका लागि कोषाध्यक्ष डिला खरेलको संयोजकत्वमा संचालन हुने गरी एक कार्यदल समेत गठन गरेको छ ।

खाता कसरी खोल्न सकिन्छ, कति सम्म जम्मा गर्न सकिन्छ, अनलाइन सेवा र अन्य बिबिधि बिषयमा जानकारी दिनको लागि सरोकारवाला र बैंकसंग वेबिनारलगायत कार्यक्रम आयोजना गरिनेछ।


प्रकाशित | १८ बैशाख २०७९, आईतवार २२:३८