नेपालमा २ हजार ७३६ कोरोना संक्रमित थपिए, २२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ७ सय ३६ जना थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ४२० जना संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १४८ पुगेको छ।


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार १६:३३