युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नेतृत्व र ‘साहस’को बेलायती प्रधानमन्त्री जोनसनले गरे प्रशंसा

वार्सा – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्व र ‘साहस’को खुलेर प्रशंसा गर्नु भएको छ । जोनसनले रूसी आक्रमणको बीच नेतृत्व र ‘साहस’ का साथ आफ्नो देश र विश्वलाई परिचालन गरेको भन्दै जेलेन्स्कीको खुलेर प्रशंसा गर्नु भएको हो ।

पोल्याण्डको प्रेस सम्मेलनको क्रममा प्रधानमन्त्री जोनसनले भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा गर्न युक्रेनी जनताको ‘उत्कृट इच्छा’ लाई कम मूल्याङ्कन गरेको बताउनु भयो ।

जोनसनले भन्नु भयो, ‘पश्चिमको एकता र संकल्पलाई पनि कम आँकलन गरेको छ र यसले प्रतिबन्धहरू मार्फत रूसमा आर्थिक दबाब जारी राख्नेछ। यो रूस विरुद्धको सबैभन्दा शक्तिशाली प्रतिबन्ध प्याकेजहरू मध्ये एक हुनेछ ।’

जोनसनले पुटिन निर्दोष नागरिकहरू विरुद्ध टावर ब्लकहरूमा बमवारी गर्न, टावर ब्लकहरूमा क्षेप्यास्त्र पठाउन, बालबालिकाहरू मार्नको लागि बर्बर र अन्धाधुन्ध रणनीतिहरू प्रयोग गर्न तयार रहेको दावी गर्नु भयो ।

जोन्सन पोल्याण्डमा हुनुुहन्छ । युक्रेनमा रूसको आक्रमणबारे छलफल गर्न पोल्याण्डमा प्रमुख युरोपेली सहयोगीहरूसँग भेट गर्दै हुनुहुन्छ । -बीबीसी


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार १७:०९