काठमाडौं – नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसहित संक्रमितको संख्या ३१ हजार ८ सय ३५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घन्टामा २८१ जना कोेरोना संक्रमण मुक्त भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ जना रहेका छन् । होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन्।
यस्तै मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् । आइसोलेसनमा ९ हजार २ सय १२ जनाको उपचार भइरहेको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा पछिल्लो२४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो।
थप तीनको निधन
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ महिला र सर्लाहीकी ३३ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या १४९ पुगेको छ ।
प्रकाशित | ७ भाद्र २०७७, आईतवार १६:४३