जिराउडको गोलमा चेल्सीको जित

एजेन्सी । ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ । मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो ।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

Giroud netted with a diving header to give Chelsea a crucial three points in their bid to secure a top four finish this season

दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफुलाई थप सुरक्षित गरेको छ । पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।

दायाँबाट क्रिस्टियन पुलिसिकले उपलब्ध गराएको क्रसलाई जिराउडले हेडमार्फत पोस्टको दिशा दिए । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ । लण्डन क्लबको ३६ खेलबाट ६३ अंक छ । अर्को सिजन रेलिगेशनमा परेको नर्विचको २१ अंक छ ।


प्रकाशित | ३१ असार २०७७, बुधबार ०८:२३