मध्यपुर थिमिमा प्रथम अन्तराष्ट्रिय कराँते मेयर कप जारी

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रथम मेयर कप आई केकेएफ फूल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता जारी छ । आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस) का अनुसार मध्यपुर थिमिको दुई पोखरीमा आजसम्म सञ्ञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा पुरुष तर्फ ५ विधा र महिला तर्फ २ विधा गरी जम्मा ७ बिधामा प्रतिस्पर्धा भइरहेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मान्यतालाई मुख्य नारा आत्मसाथ गर्दै नेपाल ईन्टरनेशनल क्योकुशिनकाई कराते संघले आयोजना गरेको हो ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १०:३९