सरकारलाई खवरदारी गर्न कांग्रेसद्धारा ‘राष्ट्रिय जागरण अभियान’ घोषणा

काठमाडौं: सरकारलाई खबरदारी गर्न भन्दै नेपाली कांग्रेसले यही बैशाख ११ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा गरेको छ । ‘हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका अभियान घोषण गरिएको हो । अभियान आगामी पुषसम्मका लागिका लागि जारी राखिनेछ ।

कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न ३ चरणमा जागरण अभियान सञ्चालन गरिने जानकारी गराउनुभयो । प्रवक्ता शर्माका अनुसार बैशाख ११ देखि जेठ ११ सम्म १ महिना, भदौ २४ गते बीपीको जन्मजयन्तीको दिनदेखि शुरु भएर असोज ७ गते १५ दिन र पुष ७ गतेदेखि शुरु भएर १६ गते सकिने १० दिनसम्म जागरण अभियान चल्नेछ ।

प्रवक्ता शर्माले कार्यक्रमको पहिलो दिन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि जाने र १ महिना त्यही बस्ने व्यवस्था मिलाइएको बताउनुभयो । त्यस्तै, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु १५ दिन जिल्लामै बस्ने र तेस्रो चरणमा ५ सय ५३ वटा स्थानीय तहमा समेत १० दिन केन्द्रीय प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

विभिन्न १४ वटा विषयमा सरकारविरुद्ध खबरदारी गर्न कांग्रेसले आयोजना गर्न लागेको जागरण अभियान बैशाख ११ लोकतन्त्र दिवसका दिनदेखि शुरु भएर पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिनसम्म हुनेछ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १८:१९