नेपालमा थप ३ सय १४ जनामा संक्रमण पुष्टि, कुल सङ्ख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाडौं : नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । अहिलेसम्म कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट कुल मृत्यु १४ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ। क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १६:३१