कर्णालीका सल्यान, दैलेख, सुर्खेत र जुम्लाका थप ७५ जनामा कोरोना पुष्टि, कुल संख्या १९८ पुग्यो

सुर्खेत: कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीका सल्यान, दैलेख, सुर्खेत र जुम्लाका थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजीक विकास मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै प्रदेश अस्पताल सुर्खेत प्रयोगशालमा ३२ र कर्णाली बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको प्रयोगशालमा ४३ जनाको कोरोना संक्रमण देखिएको जनाएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार थप ७५ जनासँगै प्रदेशमा कोरोना संक्रमीतको कुल संख्या १९८ पुगेको हो ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार ११:५०