पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएका छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने घोषणा गर्नु भयो ।

अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नु भएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १८:४१