काठमाडौं: चीन सरकारले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभर लगायत रहेको छ । यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।
प्रकाशित | २९ बैशाख २०७७, सोमबार १८:०६