महाधिवेशनका तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन लागौं: सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताउनु भएको छ । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले महाधिवेशनका सबै तीतामिठा कुरालाई बिर्सेर अब अगाडि बढ्नुपर्ने बताउनु भएको हो ।

देउवाले सबैको भावनालाई कदर गरेर आफू अगाडि बढ्ने पनि बताउनु भयो । आफूलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति भएको भन्दै सहयोगको लागि पनि सबैमा आग्रह गर्नु भयो । कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको पनि उहाँले दावी गर्नु भयो ।


प्रकाशित | १० पुष २०७८, शनिबार १३:३७