श्रीकृष्णको संझनामा क्यान्सर अस्पताल बनाउँदै नायिका स्वेता

काठमाडौँ : नायिका स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी छिन् ।आज नायिका खड्कासहित विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा अस्पतालको शिलन्यास गरेका छन् ।

नायिका खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्द समेत लडिरहेको उल्लेख गरेकी छिन् । उनले उक्त अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने समेत विश्वास व्यक्त गरेकी छिन् ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार २०:१४