प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गर्नुभएको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन छलफल आयोजना गर्नुभएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यन्वयन गर्न लागिपरेको बताउनुभएको जनाइएको छ ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार ११:१७