अर्घाखाँचीका ब्लड क्यान्सर पीडित न्यौपानेलाई एनआरएनए नाइजेरियाको सहयोग

काठमाडौँ: एनआरएनए नाइजेरियाको तर्फबाट अर्घाखाँची शितगङ्गा नगरपालिका ५ का ब्लड क्यान्सर बाट पीडित नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनए नाइजेरियाको तर्फबाट सङ्घका अध्यक्ष रोशन थापाले न्यौपानेलाई ७१हजार १६० रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । सिभिल अस्पताल काठमाडौँमा उपचार गराइरहेका न्यौपानेलाई अस्पतालमै गएर सहयोग हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापा सङ्गै एनसीसी नाइजेरियाका सदस्य तुलसी राम भण्डारी पनि अस्पताल पुग्नुभएको थियो । एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सङ्घ मार्फत उपचार सहयोग गर्ने हिक्मत थापा , चिरञ्जीवी रोका , विश्वास पौडेल , सञ्जय थापा , शङ्कर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह , सोमेश अर्याल , भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र इन्द्र टन्डनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २ पुष २०७६, बुधबार १०:१९