ओलम्पिक छनोटको दोस्रो चरण खेलेर महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फीर्ता भएको छ । टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार स्वदेश फर्केको हो । म्यानमारमा छनोटका ३ खेल खेल्दै नेपाली टोली फर्केको हो । महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेकोको महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

चार टोलीको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेको थियो । आयोजक म्यानमार ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । नेपालले खेलेका तीन मध्ये २ मा हार र एकमा जित हिसिल गरेको थियो । आयोजक म्यानमार र भारतसँग पराजित नेपाली टोलीले इन्डोनेसियामाथि भने जित दर्ता गराएको थियो । इन्डोनेसियालाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । राष्ट्रिय टोलीलाई उनको गोलसँख्या २८ पुगेको छ ।

नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा उनी दोस्रो नम्बरमा छिन् । पहिलो नम्बरमा राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामा रहेकी छिन् । उनको नाममा ३५ गोल छ । छनोटका सुरुवाती दुई खेलमा नेपाल म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो । यसै महिना विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग ३–१ ले नै पराजित भएको थियो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १८:४०