विजय र पञ्चमायालाई राष्ट्रिय लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

काठमाडौं: राष्ट्रिय लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि विजय सुनुवार र पञ्चमाया तामाङले जितेका छन् । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ विजय र महिलातर्फ पञ्चमाया च्याम्पियन बनेकी हुन् ।

ठमेलको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई दोस्रो र प्रनिल श्रेष्ठ तेस्रो भए ।महिलातर्फ स्वस्तिका चौधरी दोस्रो र रुष प्रधान तेस्रो भईन् । महिला र पुरुष दुवै तर्फको विजेताले २० हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै उपविजेताले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरे ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा ११ जना महिला र ३१ जना पुरुष गरी कुल ४२ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।


प्रकाशित | ३० आश्विन २०७६, बिहीबार १५:१३