एनआरएनए चीनको अध्यक्षमा प्रदिप न्यौपाने निर्विरोध निर्वाचीत

चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनमा आगामी (२०१९ -०२१ ) कार्यकालको लागि प्रदिप न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने नवीन विक निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा सुशिल बेल्वासे, खुस्बु अग्रवाल, महासचिवमा यम बहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जीता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा तुलसी न्यौपाने, सन्दिप खनाल, यादव अर्याल, विजय कुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मोहन प्रसाद मैनाली, नवराज तिमिल्सिना, प्रदिप सिंह र मिर्जा रसिद वेग निर्विरोध निर्वाचीत हुनुभएको छ ।

निर्वाचन कमिटीमा मित्रलाल सापकोटा निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको थियो । साथै निर्वाचन सदस्यमा सुदेश कुमार झा, रोहीत अग्रवाल, प्रकाश चन्द्र खरेल, धर्मदत्त ज्ञवाली र निर्वाचन पर्यवेक्षकमा अमृता थापा (कञ्चन ) र राजकुमार जम्मकट्टेल हुनुहुन्थ्यो ।


प्रकाशित | १० भाद्र २०७६, मंगलवार १२:५७