सेसेल्स -नेपाली नारीहरूको महान साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा एनआरएन सेसेल्सले विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
तिज पर्व २०७९ को पूर्व सन्ध्यामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको उक्त कार्यक्रम सेसेल्सका दुई भिन्नभिन्नै टापुहरुमा मनाइएको थियो ।सेसेल्सको दोश्रो ठुलो टापू प्रास्लिनमा अगस्ट २१ मा मनाइएको थियो तथा राजधानी समेत रहेको पहिलो ठुलो टापू माहेमा २८ तारिख मनाइएको थियो ।
सेसेल्सका विभिन्न टापूहरुमा कार्यरत नेपाली महिला तथा पुरुषहरूको उल्लेख्य उपस्थिति रहेको तीज विशेष कार्यक्रममा नेपाली नाचगान सहित नेपाली भोजन गरिएको थियो ।
अभाव, आवश्यकता र बाध्यताले स्वदेशबाट टाढा बिदेशमा रहे पनि आफ्नो भाषा, साहित्य, संस्कृति र परम्पराबाट टाढा रहन सकिदैन । यसरी विभिन्न चाड,पर्वहरुकै अवसरमा भए पनि नेपालीहरुबिच आपसी भेटघाट, रमाइलो र सुखदु:ख बिनिमय गर्दा केही क्षण भए पनि आफ्नोपनमा हराउन पाएको सहभागीहरूले बताए ।
प्रकाशित | १३ भाद्र २०७९, सोमबार १३:०७