काठमाडौं : धितोपत्र बजारमा यस साता करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ मूल्य बराबरको शेयर कारोवार भएको छ ।
गत बिहीबार कारोवार मापक नेप्से परिसूचक एक हजार २७२।४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् यही बिहीबार साउन ९ गते एक हजार २६९।९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २।५७ बिन्दुले घटेको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक ३।७५ बिन्दुले घटेर एक हजार २६८।७४ बिन्दुमा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।५३ ले घटेर २७३।३० मा पुग्यो । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।
सोमबार शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लाग्यो । सो दिन नेप्से परिसूचक २।४८ विन्दुले बढेर एक हजार २७१।२३ विन्दुमा पुग्यो । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबार नेप्से परिसूचक करीब छ अङ्कले उकालो लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ५।९४ बिन्दुले बढेर एक हजार २७७।१७ बिन्दुमा पुग्यो । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए ।
बुधबार कारोवार मापक नेप्से परिसूचक उकालो लाग्यो । सो दिन परिसूचक ६।९० अङ्कले बढेर एक हजार २८४।०७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन । कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९।१३, मिथिला लघुवित्त वित्तीय संस्था ८।५०, दिव्यश्वरी हाइड्रोपावर ७।८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७।६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५।६८ प्रतिशतले कमाए ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सो दिन नेप्से परिसूचक १४।१५ अङ्कले घटेर एक हजार २६९।९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १।१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २।६६ अङ्कले घटेर २७३।४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकममा भने सुधार देखियो । कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भए ।
प्रकाशित | ११ श्रावण २०७६, शनिबार १५:५४