कालिन्चोक अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको अग्रता कायमै

दोलखा : कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटी र उपमेयरका उम्मेदवार कुल बहादुर बुढाथोकीले अग्रता कायमै राख्नु भएको छ । गाउँपालिकाको १ देखि ४ वडासम्मको मत गन्दासम्म शिवाकोटी र बुढाथोकीले अग्रता कायम राख्नु भएको हो ।

अर्जुनले अहिलेसम्म ४२६ मतको अग्रता लिनु भएको छ । अर्जुनले २ हजार २१२ मत प्राप्त गर्दा एमालेको तर्फबाट गणेश शिवाकोटीले १ हजार ७८६ मत प्राप्त गर्नु भएको छ ।

उता उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुल बहादुर बुढाथोकीले ४५६ मतले अग्रता लिइरहनु भएको छ । बुढाथोकीले २ हजार ३५२ मत प्राप्त गर्दा एमालेको तर्फबाट कविता थामीले १ हजार ९ सय मत प्राप्त गर्दै पछ्याइरहनु भएको छ ।

कालिन्चोक गाउँपालिकाको वडा नं. १ मा नेकपा एमाले, वडा नं. २ र ३ मा नेकपा माओवादी केन्द्र र ४ मा कांग्रेसले जितेको छ ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १५:०५