काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै अँध्यारो : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ : आज बिहानैदेखि मौसममा बदली भएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अँध्यारो हुने गरि मौसमा बदली भएको हो । नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण विशेष गरि काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मञ्जु बासीका अनुसार बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण विशेष गरि काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको हो । यस्तै देशभरको मौसम पनि सामान्यतया बदलीको अवस्थामा छ । दिनभरजसो नै मेघ जर्गनसहित पानी पर्ने सम्भावना रहेको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०७:१९