म्यानमारमाथि नेपालको सहज जित: म्यानमार ७ विकेटले पराजित

एजेन्सी: थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८।१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन कुमालले १५ बलमा ४ चौका सहित २६ रनमा अविजित रहे । दिपक बोहोरा ६,सुवास ऐर ११ र विशाल विक्रम केसी ३ रनमा आउट भए । प्रसान्त महत १५ बलमा १ चौका सहित ९ रनमा नट आउट रहे । म्यानमारका जीन मेयो को कोले १ र कौङ हटेट क्यावले २ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३।२ ओभरमा अल आउट हुदैँ ५८ रनमा समेटिएको थियो। म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन पार गरेका थिए ।

म्यानमारका लागि कौङ हटेट क्यावले सर्वाधिक १९ रन बनाए । कान्ट को को शुन्य,क्रिस्टोफर ११, ऐ थु शुन्य, पेवाई सन हेन १, हेन जिन अनुग १ रन रमा आउट भए । म्यानमारका तल्लोक्रमका प्याई फयो वाई ५ रनमा आउट भए ।

म्यानमारलाई सस्तैमा रोक्न नेपालका कप्तान विशाल विक्रम केसीले ५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले समान १ विकेट लिदा म्यानमारका ४ ब्याट्सम्यान रन आउटको शिकार बनेका थिए ।

अप्रिल २० देखी २८ सम्म चल्ने प्रतियोगिताको समुह ए मा नेपाल सहित म्यानमार,मलेसिया र थाईल्यान्ड छन् । त्यस्तै समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् । नेपाल डिफेन्ङिग च्याम्पियन टोली हो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्ने छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १२:४९