बम काण्डका आरोपित आलमलाई थुनामा राख्न आदेश

काठमाडौं: रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ […]

सीमा विवाद : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं : सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो । दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र […]

बङ्गलादेशका राष्ट्रपति स्वदेश प्रस्थान

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गर्नुभयो । उहाँको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा […]

हरेक दिन विमानस्थल पुग्छन पर्यटनमन्त्री योगेश भट्टराई

सिबी अधिकारी /काठमाडौं   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । […]

पर्वतमा तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वत : पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले […]

रुपाकोट पुगेपछि बङ्गलादेशका राष्ट्रपति हमिदले भन्नुभयो – आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस

रमेश लम्साल/काठमाडौँ  ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा । सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो […]

नेपाललाई विश्वमा चिनाउँदै मिस नेपाल अनुष्का श्रेष्ठ, यस्तो छ नेपाल चिनाउने भिडियो

काठमाडौं : मिस वल्ड नेपाल अनुष्का श्रेष्ठले नेपाल चिनाउने एक भिडियो सार्वजनीक गर्नुभएको छ । अनुष्कााले आफनो ब्यक्तीगत जीवनसहितको नेपाल चिनाउने भिडियो आज सार्वजनीक गर्नुभएको हो । भिडियोमा नेपालको हिमाल, पहाड र तराई झल्काउने गरि विभिन्न जातजातीको भेषभूषा, कला संस्कृति र नेपालको प्राकृतिक सुन्दरतादेखि समग्र नेपाललाई चिनाउने प्रयास गरिएको छ । भिडियो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ठ […]