सूर्यविनायक नगरपालिकालाई सफलतापूर्वक हाँक्न सफल मेयर बासुदेव थापा: हालसम्मका सबै निर्णयहरु सर्वसम्मत

देशमा राज्य पुनर्सरचना पछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट बासुदेव थापा निर्वाचीत हुनुभयो । पहिलो पटक निर्वाचीत हुनु भएपछि नगर प्रमुख थापाको नेतृत्वमा पहिलो कार्यकालमा सूर्यविनायक नगरपालिकामा बलियो जग बसाल्ने कार्य भयो । विशेष गरि निर्वाचीत भएपछि सबैको साझा ब्यक्तीत्वको रुपमा आफ्ना काम कारवाहीलाई अगाड […]

एसईई नतिजा शतप्रतिशत पुर्याउन कागेश्वरी मनोहरा नगरपालिकाद्धारा कक्षाकोठामा सिकाइ सुधार योजना सुरु, एनजी उन्मुलन गराउन पाँच बुँदे प्रतिवद्धता

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले एसईईको नतिजालाई शतप्रतिशत पुर्याउन कक्षाकोठामा सिकाइ सुधारको योजना सुरु गरेको छ । नगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा एसईईमा एनजी उन्मुलन अभियान सुरु गरेर कक्षाकोठामा विद्यार्थीको सिकाइ सुधारको थालनी गरेको हो । विद्यार्थीको सिकाइ सुधार गर्न नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षलाई जिम्मेवार बनाएर शुक्रबारदेखि सिकाइ सुधारको योजना शुरु […]

चाँगुनारायणको राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता सम्पन्न, श्रीकृष्णले जित्यो उपाधि

भक्तपुर:  चाँगुनारायण नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ बनेको छ । देशभरमै पहिलो पटक विधागत रुपमा खेल प्रशिक्षक नियुक्त गरि निःशुल्क खेल प्रशिक्षण दिएर ‘एक घर, एक खेलाडी उत्पादन’ गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले यो वर्ष आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ रुपमा आयोजना […]

बाढी-पहिरोले पुर्याएको क्षतिबारे अध्ययन गर्न सूर्यविनायकका जनप्रतिनिधिहरुद्धारा १० वटै वडाको अवलोकन, राहत तथा पुर्नस्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता

कटुञ्जे । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन गर्न सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गर्नु भएको छ । लगातार तीन दिनसम्म परेको वर्षाका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था बारे जानकारी लिन सोमबार १० वटै वडाको स्थलगत अनुगमन गरिएको हो । नगरप्रमुख बासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै […]

कागेश्वरी मनोहराका विद्यालयमा अनिवार्य पठनपाठन गर्ने गरि ‘जनचेतनामुलक पाठ्यसामाग्री’ वितरण, अपराधिक क्रियाकलप न्यूनीकरणमा सहयोग पुग्ने विश्वास

काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालीत विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामुलक पाठ्यसामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा नगरपालिकाले बुधबार गान्धी आदर्श माध्यमीक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पुस्तक हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिकाको साझेदारीमा तयार पारिएको जनचेतनामूलक पाठ्यसामाग्री काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रहरी अतिरिक्त महानिरीक्षक किरण […]

ब्राइट फ्युचर स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानीत

बिराटनगर:  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ब्राइट फ्युचर स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित सलकपुरमा रहेको पूर्वाञ्चलकै उत्कृष्ठ ब्राइट फ्युचर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल ढकाल पुस्कृत हुनु भएको हो । बुधवार आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले निजी विद्यालयको तर्फबाट […]

उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न मेयर्स फोरमको माग

काठमाडौं : काठमाडौँ उपत्यका मेयर्स फोरमले खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न माग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा आइतबार गोकर्ण फोरेस्ट रिसोर्टमा बसेको मेयर्स फोरमको दसौ बैठकले अदालतको फैसला जनहितमा र ब्यवहारिक नभएको भन्दै तत्काल पुनरावलोकन हुनुपर्ने माग गरेको हो । यो निर्णय कार्यान्वयन हुनै नसक्ने भन्दै […]