सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड: तोलाको ७१ हजार ५ सय रुपैयाँ

काठमाण्डौ : सुनको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । आज (बिहीबार) तोलामा १२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यो भाउ अहिलेसम्म कै महंगो हो ।

बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो । यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार १२:५२