काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध भोलि प्रतिस्पर्धा गर्दैछ ।
एएफसी कपको समूह इ मा रहेको मनाङले आफ्नै घरेलु मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने मनाङले दिउँसो तीन बजे पञ्जाबविरुद्ध खेल्दैछ ।
आज भएको प्रि(म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पञ्जाबलाई पराजित गर्दै तीन अंक बटुल्ने लक्ष्यमा रहेको बताएका छन् । यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ई को पुछारमा छ । मनाङको लागि पञ्जाबविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ ।
मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २/२ गोलको बराबरी खेलेको थियो । त्यस कारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।
प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १४:४३