आज नयाँ संक्रमित भेटिएन
काठमाडौं : पछिल्लो २४ घन्टामा कोहि पनि नयाँ संक्रमीत नभेटिएको पाइएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएकोमा नयाँ संक्रमित नभेटिएको पाइएको हो ।
नेपालमा हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ४ सय ७ जनाको पिसिआर र ३८ हजार ८९ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।
संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार बागलुङमा १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना संक्रमित उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी गराउनुभयो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमीतमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । ३८ जनाको उपचार जारी रहेकोमा सबैको स्वस्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी गराउनुभयो ।
सबै जिल्लामा आरडिटि प्रविधिबाट परीक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमतिमा ७ हजार १ सय ४३, गण्डकीमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७०, कर्णालीमा ४ हजार ८ सय ७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमूना परीक्षण गरेको छ।
सबैभन्दा धेरै संक्रमित भेटिएको उदयपुरको चौदण्डी र त्रियुगाा नगरपालिकाको विभिन्न स्थानबाट कोरोेना परीक्षणका लागि स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश २ अन्तर्गतको सबै जिल्लाका २७ स्थानबाट १५ सय बढी नमूना संकलनका लागि टोली खटाइएको देवकोटाले बताउनुभयो।
काठमाडौं उपत्यकामा ३ र बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९ सय ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। ्
प्रकाशित | १२ बैशाख २०७७, शुक्रबार १७:१०