बझाङ जीप दुर्घटनामा ज्यान गुमाएका १० जनाको सामूहिक अन्त्येष्टि

बझाङ : जीप दुर्घटनामा परी ज्यान गुमाएका १० जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारबीच क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तले दाहसंस्कार गरेका हुन् । कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाउँका मृतक दुई जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर घाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । त्यस्तै जीपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको कपडे घाटमा अन्त्येष्टि गरिएको छ । अन्येष्टि अघि जिल्ला अस्पताल सिमखेतबाट मृतकको शव यात्रा गरिएको थियो ।


प्रकाशित | ४ असार २०७६, बुधबार १८:२९