मिडिया काउन्सिल विधेयकप्रति वामदेव गौतमले जनाए असहमती: भने, ‘विधेयक सच्याउनु पर्छ’

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले मिडिया काउन्सिल विधेयक सच्याउनु पर्नेमा जोड दिनुभएको छ । । नेता गौतमले मिडिया काउन्सिलसम्बन्धि विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै नेता गौतमले भन्नुभएको छ, ‘सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु। तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन।’

बिज्ञप्तिम भनीएको छ, ‘बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन्। त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो, प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ।’


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १४:०१