उपत्यकामा १ हजार ४०३ सहित २ हजार ६३८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएकोमा २ जार ६३८ जना थपिएका हुन । योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ। आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० बिरामी रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।


प्रकाशित | २८ आश्विन २०७७, बुधबार १६:४१