मन्त्री रामकुमारी झाक्री पिर्के सलामीले विवादमा

काठमाडौं – पछिल्लो समय नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवं मन्त्री रामरामकुमारी झाक्री पिर्के सलामीले विवादमा आउनुभएको छ । मन्त्री हुनुअघि अरुले पिर्के सलामी खाएको बिषयमा चर्को आलोचना गर्ने झाक्री आफैँ त्यस्तो हर्कत गर्न थालेपछि उनलाई सवैभन्दा धेरे विवादीका रुपमा हेर्न थालिएको छ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाको निसानामा यसपटक सहरी विकासमन्त्री रामकुमारी झाँक्री पर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीकी नेता एवं मन्त्री झाँक्रीले प्रहरीबाट सलामी लिँदै गरेको तस्बिर सोमबार सार्वजनिक गर्दै नागरिक अगुवासमेत रहेका लेखक संग्रौलाले टिप्पणी  गर्नुभएको हो । उनको आशय आफूलाई ‘क्रान्तिकारी’ भन्ने नेता झाँक्रीले त्यस्तो सलामी लिनु ठीक होइन भन्ने बुझिन्छ।

‘माधव–समाजवादीकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि पिर्के सलामी लिँदै’, संग्रौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘राम राम कत्ति न क्रान्तिकारी हुँ भन्दै डङ्क पिट्नेको अस्सली रूप पनि देखियो भन्दै लोकले गिज्यायो त कमरेड’


प्रकाशित | २० पुष २०७८, मंगलवार १३:३९