हावाहुरी प्रभावीतलाई एनआरएनए चीनको ७ लाख सहयोग : अध्यक्ष भट्टलाई हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले बारा र पर्साका हावाहुरी प्रभावीतलाई ७ लाख दुई हजार ९६४ रुपैयाँ सहयोग गरेको छ । चीनबाट संकलीत सो रकम एनआरएनए चीनको टोलीले आइसिसी अध्यक्ष भवन भट्टलाई सचिवालयमा हस्तान्तरण गरेको हो ।

चीनको राष्ट्रिय समन्वय परिषदले संकलन गरेको ४ लाख र क्षेत्रीय संगठन इयुबाट संकलन गरिएको एक लाख ३६ हजार ५०० संकलन भएको थियो । दोस्रो चरणमा राष्ट्रिय समन्वय परिषद चीन र क्षेत्रीय समिति चच्याङ्ग (इयुं) ले एक लाख ६६ हजार ४६४ रुपैयाँ संकलन गरेका थिए ।

त्यस्तै, गैर आवासीय नेपाली संघका विभिन्न एनसिसीबाट राहत संकलन गर्ने कार्य जारी छ । विभिन्न एनसिसीले आइसिसीको सचिवालयको खातामा धमाधम सहयोग रकम पठाइरहेका छन् । आइसिसीले न्यूनतम ५० हजार सहयोग पठाउन निर्देशन दिएसँगै राहत स्वस्प सहयोग संकलन भइरहेको हो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०९:००