हायात होटल पाँच दिनदेखि बन्द

काठमाडौँ : मजदुर युनियनको हड्तालका कारण जनाउँदै तारागाउँ रिजेन्सी होटल प्रालि (हायात) आइतबारदेखि बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जलाई पत्र मार्फत होटलसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य रहेको जनाएको हो ।

पत्रमा भनिएको छ, ‘होटलसँग आवद्ध संघले विभिन्न मागहरु राखेर ती मागहरुलाई पुरा गराउने उद्देश्य अनुरुप व्यवस्थापनलाई गलत प्रभाव र दवाव दिन प्रतिष्ठानमा कार्यरत १ देखि ४ तह सम्मका श्रमिक कामदार कर्मचारीलाई जबरजस्ती साथमा लिएर जेठ ३० गतेदेखि गैह्र कानुनी हड्ताल र नाराजुलुसको कारण होटलको सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारबाहीहरु अवरुद्ध भई होटलमा रहेका पाहुनाहरुलाई आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिति भएकोले होटलको रिजर्भेसन समेत बन्द गर्न व्यवस्थापन वाध्य भएको जानकारी गराउँदछौं ।


प्रकाशित | २ असार २०७६, सोमबार १८:१४