काठमाडौं उपत्यकामा ६२ सहित नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। संक्रिय संक्रमितको संख्या ६ हजार १७४ छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप १३१ जना डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ। हाल क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन्।

बुधबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ।


प्रकाशित | २१ श्रावण २०७७, बुधबार १६:५३